सहमतिमा गतिरोधको निकास खोज्न राष्ट्रपतिको आग्रह

काठमाडौं । मंसीर १९,  राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई मिलेर अघि बढ्न सुझाव दिनुभएको छ ।

सविधान संशोधनका बिषयमा दलहरुबीच ध्रुविकरण बढिरहेका बेला आइतवार सर्वदलीय बैठक बोलाएर राष्ट्रपतिले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरि सहमतिका आधारमा राजनीतिक गतिरोधको निकास खोज्न आग्रह भएको हो ।

यसअघि पनि राष्ट्रपति भण्डारीले प्रमुख दलका नेताहरुलाई बोलाएर संवादका आधारमा राजनीतिक निकास खोज्न आग्रह गर्दै आउनुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.