प्रदेश विभाजन विरुद्धको आन्दोलन बढ्दै, गुल्मीमा मसाल जुलुस

बुटवल । मंसीर १९,  पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग गराउने संविधान संशोधन प्रस्तावको विरुद्ध आइतवार पाँचौं दिन पनि विभिन्न जिल्लामा विरोध प्रदर्शन जारी छ ।

आन्दोलनका कारण पाँच नम्वर प्रदेशको रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा लगायत अन्य जिल्लाको जनजीवन प्रभावित भएको छ ।

आन्दोलन चर्किदै जाँदा आइतवार पनि रुपन्देही बन्दको समर्थनमा प्रमुख प्रतिपक्षी दल एमालेका साथै सत्तारुढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ता समेत सडकमा उत्रिए ।

यसैगरी अन्य जिल्लामा पनि बन्दका कारण यातायात, शैक्षिक संस्था, उद्योग, कलकारखाना, व्यापार-व्यवसाय ठप्प छन् ।

आन्दोलनकारीले एम्बुलेन्स, दूध बोकेका गाडी, प्रेस, कूटनीतिक नियोगका सवारी साधनलाई भने निर्वाध चल्न दिएका छन् । संविधान संशोधनको विरोधमा सडकमा उत्रिएका आन्दोलनकारीले विभिन्न स्थानमा बन्दकर्ताले प्रदेश फुटाउन नदिने भन्दै नाराबाजी गरेका छन ।

आन्दोलनकारी गुल्मीमा मसाल जुलुस निकालेका छन । उनीहरुले सोमवार कलाकार सहित प्रदर्शन गर्ने तयारी गरेको तम्घासबाट पत्रकार अनिल खत्रीले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.