प्रदेश टुक्राउन नदिने आन्दोलन जारी,तौलिहवामा निषेधित क्षेत्र घोषणा

बुटवल,मंसिर २० । जन चाहाना विपरित सरकारले पाँच नम्वर प्रदेश टुक्राउने गरी दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा सोमवार पनि बिहानैदेखि यस क्षेत्रमा प्रदर्शन र बन्द जारी छ ।

बुटवलमा बिहानैदेखि आन्दोलनकारी सडकमा उत्रेर प्रदर्शन गरिरहेका छन । बन्दका कारण सवैतिर ठप्प छ ।

गुल्मीमा सोमवार कलाकार सहित जनप्रदर्शन आयोजना गरिएको छ । पाल्पा,अर्घाखाँची लगायतका जिल्लामा पनि आन्दोलन जारी छ ।

 

यसैबीच जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सदरमुकाम तौलिहवाका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ।
संविधान संशोधन प्रस्ताव विरुद्ध विभिन्न ठाउँमा भइरहेको प्रदर्शन र प्रस्तावको समर्थनमा देखिएको प्रदर्शनलाई ख्याल गर्दै शान्ति सुरक्षा का हिसावले निषेधित क्षेत्र तोकिएको प्रशासनले जनाएको छ।

प्रशासनले जिल्ला प्रशासन कार्यालय चोकदेखि पूर्वमा वाणिज्य बैंकसम्म, दक्षिणमा आन्दोलन चोक सम्म, उत्तरमा भिक्षु चोकसम्म गरी तीन किलोमिटर वरपर निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जनाएको छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.