बन्द–हड्ताल २६ गतेसम्म स्थगित आन्दोलन भने जारी राख्ने निर्णय

 

 

बुटवल । रुपन्देहीमा सर्वदलीय संयन्त्र बनाएर सुरु भएको आन्दोलनको स्वरुप बदलिएको छ । दलहरुले मंसिर १५ गतेदेखि सुरु गरेको आन्दोलन अन्तर्गत बन्द–हड्ताल र चक्काजामका विरोध कार्यक्रमहरु मंसिर २६ गतेसम्मलाई फिर्ता लिएका छन् । उनीहले मंगलबार बेलुका प्रेस विज्ञप्ति जारी गर्दै मंसिर २६ गतेसम्मका लागि बन्द–हड्ताल सहितको आन्दोलनका कार्यक्रमहरु स्थगित गरेर अरु खालको विरोध कार्यक्रम जारी राख्ने निर्णय भएको जानकारी गराएका छन् ।
विज्ञप्तिमा भनिएको छ–‘यही मंसिर २६ गतेसम्मलाई अहिले भइरहेको बन्द हड्ताललाई स्थगित गर्दै आन्दोलनको स्वरुप परिवर्तन गरेको जानकारी गराउन चाहन्छौं । संसदमा दर्ता भ्रएर टेबुल गनर््ृ बा“की रहेको संसोधन प्रस्ताव सदनमा टेबुल हुने बितिकै शसक्त आन्दोलन अघि बढाउने समेत जानकारी गराउन चाहन्छौं । बन्द र हड्ताल बाहेक विरोध जुलुश, सभा र बैठकहरु नियमित हुने समेत जानकारी गराउन चाहन्छौं । संविधान संशोधन विधेयक संसदमा दर्ता भएर टेबुल हुन बाँकी रहेको र टेबुल हुने बित्तिकै राष्ट्रव्यापी सशक्त आन्दोलनका लागि तयारी अवस्थामा रहन आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।’
पा“च नम्बर प्रदेश टुक्र्याएर यो क्षेत्रको पहाड र तराईको गहिरो आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई अलग गर्ने लगायतका विषयमा सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेपछि शुरु भएको आन्दोलन निकै उचाईमा पुगेको दलहरुको ठहर छ । पहाड र तराईबीचको आर्थिक, समाजिक र सांस्कृतिक सम्बन्धलाई अलग नगर्नका लागि सडकमा उर्लेको जनसागरले सरकारको संशोधन विधेयकलाई अस्विकृत गरेको समेत दलहरुले बताएका छन् ।
‘सातादेखिको आन्दोलनमा उर्लेको जनसागरको सम्मान गर्दै संशोधन विधेयक फिर्ता गर्नुको साटो प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सत्तारुढ दलका जिम्मेवार नेताको अभिव्यक्ति निकै गैरजिम्मेवार र बदनियतपूर्ण रहेको हाम्रो ठहर छ’ विज्ञप्तिमा उल्लेख छ । दलहरुले सरकारको यस्तो खाले गैरजिम्मेवारपूर्ण क्रियाकलापलाई सुक्ष्म रुपमा अध्ययन गरी उत्तेजित नभई निकै संयमताका साथ आन्दोलनलाई अघि बढाएर निष्कर्षमा पु¥याउनु पर्छ भन्ने आफुहरुलाई लागेको बताएका छन् ।
मुलुकलाई नै विखण्डनको बाटोमा डो¥याउने प्रयास भइरहेको बेला निकै संवेदनशील भएर आन्दोलनका कार्यक्रम देशव्यापी बनाउनुपर्छ र मुलुकमा राष्ट्रिय एकता र सद्भाव कायम गर्दै अघि बढ्नुपर्छ भन्ने निष्कर्षका साथ केन्द्रीय तहमा योजना र कार्यक्रम बन्दै गरेकाले जिल्ला तहको कार्यक्रमको स्वरुप बदलिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख प्रतिपक्ष एमाले लगायतका दलहरुले विद्येयक संसदमा प्रस्तुत भएका दिनदेखि संविधान संशोधन विधेयक पारित गर्न नदिन संसदमा पनि संघर्ष र प्रतिरोध जारी राखेका छन् । ‘अहिले चलिरहेको आन्दोलनको स्वरुप परिवर्तन गरेर अघि बढ्न उद्योगी, व्यापारी, यातायात व्यवसायी र आमजनसमुदायबाट आएको सुझावलाई हामी सम्मानपूर्वक ग्रहण गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ–‘अहिलेसम्म चलेको आन्दोलनमा सक्रियतापूर्वक सहभागी हुने र एक्यवद्धता प्रकट गर्ने राजनैतिक दलका कार्यकर्ता, भातृ संगठन, उद्योगी, व्यापारी, यातायात व्यवसायी, मजदुर, पेशाकर्मी लगायत सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सक्रिय सहभागिताको अपेक्षा गर्दछौं ।’
एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी, मालका टिकानिधि गौतम, राष्ट्रिय जनमोर्चाका दिपक पौडेल, नेकपा माक्र्सवादीका दामोदर भटटराई, जनमोर्चा नेपालका लक्षण लम्का मगर, अखण्ड नेपाल पार्टीका कमल पौडेलले विज्ञप्ति जारी गरेका छन् ।
यता विद्यार्थी संगठनहरुले पनि मंगलबारै बेलुका बैठक बसेर २६ गतेसम्मका लागि बन्द–हड्तालका कार्यक्रमहरु फिर्ता लिएका छन् । अहिलेलाई आन्दोलनको स्वरुप फेर्दै २६ गतेसम्मका लागि अल्टिमेटम दिएको र बन्द–हड्तालका आन्दोलनका स्वरुपहरु फेरिएको निर्णय गरिएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.