ओभरटेक गर्ने क्रममा पुर्व गृहमन्त्रीको गाडी दुर्घटनामा

काठमाडौ । मंसिर २३ । पूर्व गृह तथा परराष्ट्रमन्त्री स्वर्गीय माधव घिमिरे आफैले चलाएका बेला ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई गाडी दुर्घटनामा परेको छानबिन समितिले ठहर गरेको छ ।

त्रिशुलीमा भएको उक्त घटनाको ७५ दिनपछि बिहिवार प्रतिवेदन बुझाउदै छानविन समितिले प्रतिवेदनमा प्रतिवेदनमा उक्त दुर्घटना आपराधिक उद्धेश्यले नभएको उल्लेख गरेको छ ।

पूर्व प्रहरी महानिरिक्षक कुबेरसिंह रानाको संयोजकत्वमा गठित छानबिन समितिले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीलाई  दुर्घटनाको छानबिनको प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री निधिले प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

गत असोज ९ गते पोखराबाट काठमाडौं फर्कने क्रममा पूर्व गृहमन्त्री घिमिरे चढेको गाडी चितवनको दारेचोक नजिक घोप्टेभीरमा दुर्घटना भई त्रिशुली नदीमा खसेको थियो ।

उक्त दुर्घटनामा परि त्रिशुलीमा बेपत्ता घिमिरेको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेका थिए । उक्त घटनामा पुर्वगृहमन्त्री घिमिरेकी आमासहित ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.