राष्ट्रपति पार्क विरुद्धको महाअभियोग प्रस्ताव पारित

एजेन्सी , २४ मंसिर । दक्षिण कोरियाको संसदले राष्ट्रपति पार्क गियुन हायविरुद्ध महाअभियोग प्रस्ताव पारित गरेको छ ।

संसदले महाअभियोग प्रस्ताव पारित गरेसँगै राष्ट्रपति पदमुक्त भएकी छन् ।

भ्रष्टाचारको आरोप लागेकी राष्ट्रपति विरुद्धको महाअभियोगमा संसदमा भएको मतदानमा २३४ सांसदले पक्षमा मत दिएका थिए भने ५६ भोट मात्र विपक्षमा परेको थियो ।

अव तत्कालका लागि राष्ट्रपतिको कार्यभार पनि प्रधानमन्त्री हुवान कियो आनले सम्हाल्नेछन् ।

राष्ट्रपतिले निकट विश्वासपात्र चोई सोन सिललाई बढी काखी च्यापेको र उनकै सहयोगमा भ्रष्टाचारको आरोप लागेपछि कोरियाका सडकहरुमा राष्ट्रपतिको राजीनामा माग गर्दै हजारौंले प्रदर्शन समेत गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.