प्रदेश टुक्राउने फोहोरी खेल बढार्न गुल्मेली सडकमा, काठमाडौमा थप आन्दोलन घोषणा

बुटवल । मंसिर २४,  प्रदेश टुक्राउने गरी सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा गुल्मी र पाल्पा लगायतका ५ नम्वर प्रदेशका जिल्लामा दशौ दिन पनि आन्दोलन जारी छ । गुल्मी र पाल्पामा बन्द कायमै  छ । गुल्मीमा शुक्रवार सरकारको प्रस्ताव फोहोरी खेल भएको भन्दै महिलाहरु कुचो लिएर सड्कमा प्रदर्शन गरेका छन ।

उता प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायतका विपक्षी दल निकटका संयुक्त युवा तथा विद्यार्थी संगठनले संविधान संशोधन प्रस्तावको विरोधमा राजधानीमा पत्रकार सम्मेलन गरी थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

संसद्का संशोधन प्रस्ताव दर्ता लगत्तै आन्दोलन गर्दै आएका उनीहरुले शुक्रबार नयाँ बानेश्वरमा खेलाडीको प्रदर्शन, शनिबार वैदेशिक हस्तक्षेप रोक्नका लागि परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, आइतबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म दौड जुलुस र सोमबार संशोधनका विपक्षमा सडक बहस गर्ने लगायतका कार्यक्रम गर्ने जनाएका छन ।

युवा सङ्घका अध्यक्ष राजीव पहारीले राष्ट्र बचाउनका लागि आन्दोलन गर्नु परेको भन्दै विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी राखिने बताए ।

कैलाली बन्द

उता सङ्घीय गठबन्धन तथा थरूहट थारूवान् सङ्घर्ष समितिले शुक्रबार कैलाली बन्द गरेको छ ।

सरकारले ल्याएको संविधान संशोधन अपुरो रहेको र आफुहरु थरुहटको पक्षमा रहेको विरोधमा बन्द गरेका उनीहरुले हुन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.