बुद्धिचालको छनौटमा रुपन्देही अगाडी

 

बुटवल, २५ मंसिर
सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा बुद्धिचाल खेलमा पश्चिमाञ्चलबाट प्रतिस्प्रर्धा गर्ने खेलाडीहरुको छनौट पाल्पामा जारी छ । शनिबार भएको पश्चिमाञ्चल छनौट क्षेत्रिय प्रतियोगिताको चौथौ चरणको प्रतिस्प्रर्धासम्म रुपन्देहीका खेलाडी अगाडी रहेका छन । पुरुषतर्फ रुपन्देहीका बिजय गुरुङ्ग ४अंकसहित अग्रस्थानमा रहेका छन । लमजुङ्गका सबिन चन्द्र घिमिरे ३.५ अंकसहित दोस्रो स्थान तथा लमजुङ्गको यज्ञ रोक्का र रुपन्देहीका सुमन श्रेष्ठ तेस्रो स्थानमा रहेका छन । तनहुका चन्द्रमोहन अधिकारी र पाल्पाका राजिव कुमार शाह २.५ अंकसहित चौथो स्थानमा रहेका छन । महिलातर्फरुपन्देहीकी नमन सेढाई ३.५ अंकसहित अग्रस्थानमा रहेकी छिन । यसैगरि रुपन्देहीकी अन्जु शर्मा र कास्कीकी पल्लवी किरण भट्टराई ३ अंकसहित दोस्रो स्थानमा रहेका छन । प्रतियोगितामा पश्चिमाञ्चलका १०जिल्लाका २० जना पुरुष र १० जना महिला खेलाडीहरुले प्रतिस्प्रर्धा गरिरहेका नेपाल बुद्धिचाल संघका केन्द्रिय उपाध्यक्ष माधव प्रधानले बताए । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता
पूर्वाञ्चलमा पुस ८ देखि १५ गतसम्म हुन गैरहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.