घरमा जम्मा हुने फोहर प्लाष्टिक आम्दानीको श्रोत बन्दै

काठमाडौ । मंसिर २६ । घरमा जम्मा हुने फोहर प्लाष्टिकबाट  घरबाट निस्कने फोहरका रुपमा निस्कने तर व्यवस्थापनका लागि सवैको टाउँको दुखाई बन्ने गरेको प्लाष्टिक अव विक्रि हुने भएको छ ।

घरमा फोहरका रुपमा जम्मा हुने प्लाष्टिक जम्मा गरेर अव डिजेल निकाल्न सकिने छ । त्यसको प्रयोग नेपालमा भैसकेको छ ।

नाष्टका बैज्ञानिकहरुले फोहरका रुपमा जम्मा हुने प्लाष्टिक नफाल्न र जम्मा गरेर पैसा कमाउन सर्वसाधारणलाइ आग्रह गरेका छन ।

सिर्जनशिल एकिकृत दिगो विकास समाजको आयोजनामा राजधानीको लैनचौर कपुरधारामा भएको प्रशिक्षण तथा सचेतना कार्यक्रममा वैज्ञानिकहरुले फोहरका रुपमा फाल्न समेत कठिन हुने प्लाष्टिकबाट डिजेल निकाल्न सकिने र अव छिट्टै उद्योग स्थापनाको तयारी भैरहेको जानकारी दिएपछि स्थानीय खुसी भएका हुन ।

प्रशिक्षण कार्यक्रममा नाष्टका वरिष्ठ बैज्ञानिक डाक्टर रविन्द्र प्रसाद ढकालले एक केजी प्लाष्टिकबाट एक लिटर सम्म तेल निकाल्न सकिने र त्यसले खाना पकाउन तथा गाडी चलाउन पनि हुने जानकारी दिनुभयो ।

फोहर व्यवस्थापन गर्न, वातावरण संरक्षण गर्न तथा आम्दानी समेत गर्न सकिने हुनाले अव फोहरका रुपमा जम्मा हुने प्लाष्टिक नफाल्न र संकलन गरेर राख्न पनि उहाँले सुझाव दिनुभयो ।

उहाँले नाष्टले अव १० केजी प्लाष्टिक अट्ने मेसिनबाट तेल उत्पादन गर्ने र कम खर्चमा उद्योग चलाउन सकिने विधिको परिक्षण गरेको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा सिर्जनशिल एकिकृत दिगो विकास समाजकी अध्यक्ष खिमा खनालले फोहर मैलाको मुल घर भएको भन्दै हरेकले घर सफा गर्दै गए समाज हुँदै देश सफा हुने बताउनुभयो ।

उहाँले फोहरमैला व्यवस्थापनमा आफुहरु समुदायसँग मिलेर काम गरिरहेको पनि जानकारी दिनुभयो ।

फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र र कपुरधारा टोल सुधार समितिको सहयोगमा भएको प्रशिक्षण तथा सचेतनामा बैज्ञानिकका कुरा सुनेपछि स्थानीयले फोहर व्यवस्थापन गर्न सहयोग हुने र पैसा पनि आउने प्लाष्टिक अव संकलन गर्ने भएका छन ।

टोल सुधार समितिका अध्यक्ष केदार दवाडीले सातामा एक दिन बार नै तोकेर प्लाष्टिक मात्रै संकलन गर्ने व्यवस्थापन गर्न सके सहज हुने बताउनुभयो ।

रानीवारी उत्पिडित दलित महिला जागरण समुहकी सचिव सरला विकले  फोहरबाट आम्दानी भएमा रोजगारी पनि हुने बताउनुभयो ।

टोल सुधार समुहका सदस्यहरु रेखा थापा,रमा शाह, कल्पना दवाडी, शान्ता दवाडी लगायतले व्यवहारिक रुपमा फोहर प्लाष्टिकले समस्या हुने गरेको भन्दै समाधानका लागि सहकार्य गर्न सकिने बताउनुभयो ।

समाजसेवी देवेन्द्र रिमाल, प्राध्यापक राधाकृष्ण पौडेल, टोलसुधार समितिका सचिव श्रृगरिसि काफ्ले, रमेश चन्द्र घिमिरे लगायतले प्लाष्टिक उद्योग स्थापना गर्न सके राम्रो हुने भन्दै कार्यान्वयनका लागि आफुहरु मिलेर अघि बढ्न तयार रहेको बताउनुभएको थियो ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.