गुल्मीमा विशाल जनप्रदर्शन

बुटवल । मंसिर २७ । सरकारले पाँच नम्वर प्रदेश टुक्राउने प्रस्ताव संसदमा दर्ता गरेको विरोधमा सोमवार गुल्मीमा विशाल जनप्रदर्शन भएको छ ।

नम्वर पाँचवाट गुल्मीलाई टुक्राउन लागेको बिरोधमा लगातार बन्द सहित आन्दोलन जारी राखेका गुल्मेली जनताले आज विशाल जनसभा आयोजना गरेका हुन । उक्त सभालाई नेपाली काग्रेस गुल्मी क्षेत्र नम्वर दुइ का सांसद तथा केन्द्रिय नेता चन्द्र भण्डारी, एमाले सचिव प्रदिप ज्ञवाली, नेकपा माओवादी केन्द्रका पोलीटव्यूरो सदश्य चन्द्र बहादुर खड्का, सभाषद् कमला विश्वकर्मा लगायतका नेताहरुले सम्बोधन गर्दै प्रदेश टुक्राउन नदिने प्रतिवद्धता जनाएका छन ।

‘प्रदेश नम्वर ५ टुक्राउन पाईदैन, संसोधन प्रस्ताव फिर्ता गर, देश टुक्राउने होसियार, जस्ता नाराहरु लगाउँदै जुलुश तम्घास बजार परिक्रमा गरि सभामा परिणत भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.