एन्फासँग ६ करोड माग

काठमाडौं मंसिर २८, – नीजि क्षेत्रको नेपाली फुटवल क्लव थ्री स्टार क्लवले अखिल नेपाल फुटबल संघ (एन्फा) कै गल्तीका कारण एएफसी कप २०१६ को छनोट प्ले–अफ खेल्नबाट वञ्चित भएको भन्दै एन्फासँग ६ करोड माग गरेको छ ।

थ्री स्टारले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरी एन्फासँगको क्षतिपुर्तिको बिषय टुंगो नलागेसम्म फुटबलसम्‍बन्धी कुनै कृयाकलापमा भाग नलिने घोषणा गरेको छ ।

नेपाली फुटवल इतिहासमा यो क्षतिपुर्ति दावीलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

मंगोलियामा भएको एएफसीकपको प्रारम्भिक छनोट खेलमा पहिलो भएपछि थ्री स्टारले प्ले अफ खेल्ने मौका पाएको थियो । तर एएफसीले पटक पटक सम्म पठाएको इमेलको एन्फाले जवाफ नदिएपछि थ्री स्टार प्ले अफ खेल्ने टिमको सूचीमै परेन ।

उक्त घटनालाई लिएर एन्फाले छानविनका लागि आयोग गठन गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.