सरकारले संशोधन प्रस्ताव फिर्ता नलिए आन्दोलन सशक्त बनाउने विपक्षी ८ दलको निर्णय

काठमाडौ । मंसिर २८ । प्रतिपक्षी दलहरुले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नलिए सदन र सडक आन्दोलन थप सशक्त बनाउने निर्णय गरेका छन । तर प्रस्ताव फिर्ता लिएर निर्वाचनको कार्यतालिका बनाएमा सरकारलाई सहयोग गर्न सकिने विपक्षी दलको भनाई छ ।

नेकपा एमाले संसदीय दलको कार्यालयमा मंगलवार बसेको बैठकमा नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, मधेशी समाता पार्टी, नेपा राष्ट्रिय पार्टी  र राष्ट्रिय जनमुक्ति पार्टी  सहभागी थिए।

संसदमा विपक्षी एमालेका १ सय ८२, मालेका ५ नेमकिपाका ४, राजमोका ३, परिवार दलका २, जनमुक्ति पार्टीका २, नेपा पार्टीका १ र मधेश समता पार्टीका १ जना सांसद छन्।

बैठकले संशोधन प्रस्ताव फिर्ता नलिए आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ । बैठक पछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारलाई गल्ति सच्चाउने मौका दिइएको भन्दै संशोधन प्रस्ताव फिर्ता नभए आन्दोलन ससक्त बनाउने बताउनुभयो ।

एमाले मुख्य सचेतक भानुभक्त ढकालले चुनावमा सरकार साच्चै केन्द्रित भए सहयोग हुने बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.