काठमाडौं,मंसिर २९ – चौतर्फि दवाव र आलोचना भएपछि सरकारले प्रधानमन्त्री एवम् मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
एक साता अघि मन्त्रिपरिषद बैठकले सम्पत्ति बिवरण सार्वजनिक गर्ने निर्णय गरेपछि बुधवार मात्र प्रधानमन्त्री कार्यालयको वेवसाइडमा सम्पत्ति विवरण सार्वजनिक गरिएको छ।
सरकार बनेको चार महिनापछि सार्वजनिक गरिएको विवरणअनुसार प्रधानमन्त्री दाहालका नाममा कुनै सम्पत्ति छैन ।
तर प्रधानमन्त्री दाहालकी पत्नी सिता दाहालको नाममा तीन तोला सुन र चितवनमा एक कठ्ठा जमिन रहेको छ। यी दुवै सम्पत्ति दाहालको पैत्रिक भएको विवरणमा उल्लेख छ ।
वर्तमान सरकारका मन्त्रीहरुमा सवै भन्दा धनी भुमिसुधार मन्त्री विक्रम पाण्डे रहेका छन भने उपप्रधानमन्त्री विमलेन्द्र निधिको पनि अरवौको सम्पत्ति छ । विगतमा सरकार परिवर्तन भएपछि १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाईड मार्फत सार्वजनिक हुन्थ्यो ।
कसको सम्पत्ती कति धनी हेर्नुहोस्ः http://www.opmcm.gov.np/property-details/