मानवसागर उर्लीयो शवयात्रामा; जमिन मुनीगएर हत्यारालाइ नछोड्ने (फोटो फिचरसहित )

केशव भण्डारी
बुटवल । पुस ६ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा आज पनि रुपन्देही बन्द छ । प्रदर्शनसँगै घटनाको तेश्रो दिन आज स्वर्गीय तिवारीको अन्त्येष्ठि हुँदैछ । बुटवलको लुम्विनी अंचल अस्पतालबाट शव यात्रा शुरु गरेर वजार परिक्रमापछि आजै अत्यष्टी गरिने युवा संघले जनाएको छ । शवयात्रामा एमाले उपमहासचिव विष्णु पौडेल, घनश्याम भुषाल र युवा संघका अध्यक्ष राजीव पहारी सहित हजारौ सहभागी छन ।  हत्यारा पक्राउको माग गर्दै एमाले र युवा संघले दिनभर बुटवलमा प्रर्दशन समेत गरेका छन । युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको देवदहमा भएको गोली प्रहारबाट अस्ती सोमवार हत्या भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.