चीनका कट्टर विरोधी नाभारो अमेरिकाको व्यापार शाखा प्रमुख

काठमाडौ । पुस ७ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले चीनका कट्टर विरोधीका रुपमा चिनिएका अर्थविद् पिटर नाभारोलाई अमेरिकाको राष्ट्रिय व्यापार शाखाको प्रमुखका रुपमा चयन गरेका छन । नाभारोले नया हृवाइट हाउस नेशनल काउन्सिलको नेतृत्व र अमेरिकाकी व्यापार तथा औद्योगिक नीतिको निर्देशकका रुपमा काम गर्नेछन। नाभारोले राष्ट्रपति चुनावको समय ट्रम्पका सल्लाहकारका रुपमा काम गरेका थिए । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले चुनावका बेला आफ्नो क्यामपेनमा व्यापारसंग सम्बन्धित मुद्दालाई प्राथमिकताका साथ उठाएका थिए । त्यसमा चीन र मेक्सिकोसंग भएका केही व्यापार सम्झौताको व्यापक विरोध गरिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.