समुद्री आँधीले जनजीवन अस्तब्यस्त

काठमाडौ । पुस १२ । फिलिपिन्समा आएको समुद्री आँधीले जनजीवन अस्तब्यस्त बनाएको छ ।

नक-टेन नाम दिइएको सो आँधीले चारजनाको ज्यान लिएको छ र झण्डै चार लाख मानिसलाई घरवारविहीन बनाएको छ । आँधिबाट राजधानी मनिला बढी प्रभावित भएको छ ।

एक सय २० किलोमिटर प्रतिघण्टाको आँधीले मनिलासँगै अन्य क्षेत्रमा बिजुली, टेलिफोनलगायत अत्यावश्यकीय सेवा अवरुद्ध पारेको छ भने फिलिपिन्सका आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवासमेत प्रभावित भएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.