एक महिनादेखि अवरुद्ध संसद बैठकले सर्वसम्मत निर्णय गर्यो

काठमाडौ । पुस १२ । एक महिनादेखि अवरुद्ध संसद बैठक मंगलवार भने कार्यसूचीमा प्रेवश गरी सर्वसम्मत निर्णय गरेको छ । व्यवस्थापिका संसद्को मंगलवारको बैठकले पूर्व सभासद् बुद्धरत्न सायमीको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

शोकप्रस्ताव पारित गरेपछि बैठक बुधवार दिउसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

संसदले पारित गरेको शोक प्रस्तावमा २०६४ सालको नेपाः राष्ट्रिय पार्टीका तर्फबाट संविधानसभा निर्वाचनमा काठमाडौंबाट समानुपातिक सभासद बन्नुभएका सायमीलाई ‘क्रान्तिकारी कवि’ का रुपमा परिचित भनिएको छ ।

सायमीको उच्च रक्तचाप र मुटुरोगको उपचारका क्रममा ७३ वर्षको उमेरमा पुस १० गते निधन भएको थियो ।

गत मंसिर १४ गते राती सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि संसदमा अन्य कार्यसूचीले भने प्रवेश पाउन सकेको छैन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.