बुटवल मेलामा बिभिन्न प्रतियोगिता

 

बुटवल, पुस ।

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा दर्शकहरुका सहभागिता बढदै गएको छ ।
मेलामा कृषि, सुचना प्रबिधि, हस्तकला र स्थानिय उत्पादनप्रति दर्शकहरुले रुचि देखाएका छन ।
रुपन्देहीको सालझण्डीबाट आएका कृषक बिनीराम न्यौपानेले मेलामा राखिएको मत्स्य तथा कृषि सम्वन्धि स्टललेआफु जस्ता किसानलाई उत्प्रेरणा थपेको बताउनु भयो। उहाले मेलामा कृषि तथा सरोकारवाला कार्यालयबाट सेवा सुबिधाका सम्वन्धमा पनि जानकारी गराउन सकेअझै राम्रो हुने बताउनु भयो ।
यस्तै कपिलवस्तु पिपराकी कलावती चौधरीले मेलामा आफुजस्ता किसानले सिक्ने धेरै कुरा भएको तर मेलापछी यसको प्रचार प्रसार र किसानका लागि आवश्यक सहुलियतका लागि राम्रो व्यवस्था नहुदा किसान समस्यामा परेको बताउनु भयो ।
मेलामा राखिएको कृषि प्याभिलियनमा पनि हरेक दिन बिभिन्न प्रतियोगिताहरु भइरहेका छन । हिजो सामेवार र आज मंगलवार माछा मार्ने बल्छि प्रतियोगिता , सम्पन्न भएको छ । मेलामा रुपन्देही जिल्लाका करिव ढेढ सय किसान तथा समुहले उत्पादन गरेका तरकारी तथा फलफुल वालीको प्रतियोगिता भइरहेको छ । त्यस्तै दुग्धपान प्रतियोगिता पनि आयोजना गरीदै छ ।
मेलाका अवसरमा आज मंगलवार भएको लोक दोहोरी गीत प्रतियोगितामा राष्टिय लोक दोहोरी गित प्रतिष्ठान चितवन बिजयी भएको छ । चितवनले प्रतिष्ठानको बाग्मति समुहलाई पराजित गरेको छ । सास्कृतिक कार्यक्रम अन्र्तगत भोली बुधवार बिद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता हुने छ । त्यस्तै१५ गते शुक्रवार आमा नृत्य र १६ गते शनिवार युगल नृत्य प्रतियोगिता हुने छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.