रेडियो मुक्ति नवौ वर्षमा प्रबेश

बुटवल, पुस १४ । महिला समानताका लागि सञ्चार अभियानद्वारा सञ्चालित
सामुदायिक रेडियो मुक्ति बुटवलले नवौ वर्ष प्रबेशको अवसरमा महिला
शसक्तीकरणका लागि सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम गरेको
छ । अन्तरसम्वाद कार्यक्रममा बोल्ने वक्ताहरुले महिला शसक्तीकरणका लागि
सरोकारवालाहरुले आ आफ्नो ठाउ“बाट सहयोग गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव भरत केसीले समाचारमा समृद्ध
रुपन्देहीको समाचारलाई ध्यान दिदै“ अगाडि बढनुपर्ने सुझाव दिए ।
गेैेरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य शुमित्रा शर्माले महिलाहरुले
क्षमताको पनि विकास गर्न जरुरी रहेको बताइन् । रुपन्देही व्यापार संघका अध्यक्ष
मोतिलाल पाण्डेले समावेशी समाज निर्माणमा रेडियोको भूमिका महत्वपूर्ण
हुने बताए ।
त्यस्तै नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डेले समाजमा राजनीतिक दल र
सरकारले गर्ने काम रेडियो मुक्तिले गरेको भन्दै राजनीतिमै पनि अगाडि बढ्न
गाह्रो भएको बेलामा सञ्चार क्षेत्रपनि प्रतिस्पर्धामा आउनुपर्ने बताए ।
अन्तरसम्वाद कार्यक्रममा इन्सेक प्रतिनिधि रिमा बिसी, पत्रकार माया
गौतम,कार्यक्रममा प्रेस युनियनका उपाध्यक्ष रेखा भुसाल, रेडियो रिपब्लिकका
स्टेशन म्यानेजर उशाकिरण पन्थ सेलर्डकी कार्यक्रम संयोजक सावित्रा सापकोटा,
राष्ट्रिय अपांगता महासंघका पश्चिमाञ्चल संयोजक सावित्रा घिमिरे, खोम श्रीस,
दिपा सुनुवार, महिला विकास कार्यालय रुपन्देहीका अधिकृत मैयादेबी गुरुङ,
पारदर्शी सरोकार समूहका दिपक ढकाललगायतले बोलेका थिए । विसं २०६५ पुस ९
गतेबाट औपचारिक प्रशारण शुभारम्भ गरेको थियो ।।
अन्तरसम्वाद कार्यक्रममा रेडियोले गरेका कार्यक्रमहरुको विवरण आगामी योजना
र कार्यक्रमहरुको बारेमा प्रष्ट पार्दै रेडियोका कोषाध्यक्ष इन्दिरा आचार्यले
रेडियोको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । रेडियो मुक्तिकी अध्यक्ष सावित्रा
अर्यालको अध्यक्षता, सचिव गोमा आचार्यको स्वागत तथा स्टेशन म्यानेजर कल्पना
तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.