पत्रकारहरु कोही प्रेस काउन्सिलमा, कोही सम्मानित

बुटवल । पुस १४ ।सरकारले प्रेस काउन्सिलका रिक्त सदस्यहरुमा नवलकिशोर यादव र संगिता खड्कालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकको विहिवारको बैठकले उक्त निर्णय गरेको छ ।

यसैबीच तमु सञ्चारकर्मी संघले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गरेको भन्दै आठ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

तमु ल्होछारको अवसरमा संघले ईकान्तिपुर डटकमका संयोजक खिम घले,कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक गणेश राई, द हिमालयन टाइम्सका फोटो सम्पादक राजेश गुरुङ लगायतलाइ लाई नगदसहित सम्मान गरेको हो ।

त्यस्तै सम्मानित हुनेहरुमा बुटवल एफएमका उमा गुरुङ, इलाम एफएमका समाचार प्रमुख उमेश गुरुङ, पूर्वीचितवन डटकमका फोटो पत्रकार नेत्र गुरुङ,रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रका सम्पादक शान्ति गुरुङ, कास्की आवाजकी सरस्वती गुरुङ रहेका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.