संशोधन प्रस्ताव फिर्ता गरेर चुनावको घोषणा गर्न पुर्व सांसद मंचको माग

बुटवल । पुस १४ ।पुर्व सांसद मंचले संविधान संशोधन प्रस्ताव फिर्ता गरेर चुनावको घोषणा गर्न माग गरेको छ । राजधानीमा बिहिवार पत्रकार सम्मेलन गरेर पूर्व साँसद मञ्चले सडकदेखि सदनसम्म अन्यौल र अनिश्चितता भईरहेकाले संशोधन प्रस्ताव फिर्ता लिएर तत्काल निर्वाचन घोषणा गर्न सुझाव दिएको हो । पूर्व साँसद मञ्च नेपालका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले वर्तमान व्यवस्थापिका संसद संविधानसभाको रुपान्तरित भएकाले प्रदेशको सीमा संसोधन गर्ने अधिकार संसदलाइ नरहेको बताउनुभयो ।

उहाँले वर्तमान सरकारको काम संविधानको कार्यान्वयन र निर्वाचन गराउने मात्र भएको पनि जिकिर गर्नुभयो ।

मंचले संविधान संसोधनका विषयमा प्रतिपक्षी दलहरुबाट भैरहेको संसदको अवरोध तथा सडकको विरोध खुलाउने र मधेशबादी दलहरुको मागलाई संवोधन गर्न सरकार गम्भिर हुनुपर्नेमा पनि जोडदिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.