जनशक्तिको बलमा नै गलत प्रस्ताव परास्त गर्नुपर्ने

बुटवल । पुस १४ ।नेकपा एमालेका महासचिव इश्वर पोखरेलले राष्ट्रको दीर्घकालीन हित प्रतिकूल जनविरोधी र राष्ट्रविरोधी संविधान संशोधन प्रस्तावलाई असफल पार्न जनप्रदर्शन अपरिहार्य रहेको र जनशक्तिको बलमा नै यस्ता गलत प्रस्ताव परास्त गर्नुपर्ने बताउनुभएको छ ।

आगामी २०७३ पुस २२ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनको तयारीका लागि विहिवार नेकपा -एमाले) केन्द्रीय कार्यालय धुम्बाराही, काठमाडौंमा बसेको नेकपा -एमाले) मोर्चा संगठनको बैठकमा महासचिव पोखरेलले उक्तकुरा बताउनुभएको हो । मोर्चा संगठन प्रमुख गोकर्ण विष्टको अध्यक्षतामा बसेको उक्त बैठकले संविधान संशोधन प्रस्ताव विरुद्ध ९ राजनीतिक दलहरूले आयोजना गर्ने संयुक्त विरोध प्रदर्शन र सभालाई भव्य एवं प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकले आगामी पुस २२ गते निम्न स्थानमा मोर्चा संगठन आबद्ध संगठनहरूलाई जुलुस प्रदर्शनको लागि स्थान तोकेको छ ः

विहिवार नै पोलिट्ब्युरो सदस्य अरुण नेपालको अध्यक्षता तथा पार्टी महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यता तथा सचिवालय सचिव प्रदीप ज्ञवालीको आतिथ्यतामा बसेको सम्पर्क समन्वय कमिटी अन्तर्गत बागमती अञ्चलका सम्पर्क मञ्चहरू र प्रदेश नं. ३ अन्तर्गत भूगोलका जिल्ला कमिटीहरूको संयुक्त बैठकले पुस २२ गतेको विरोध प्रदर्शनलाई सफल पार्न उपत्यकाभित्र बस्ने बागमती अञ्चलका सबै न्यायपे्रमी जनसमुदायलाई सक्रिय सहभागिताको लागि आह्वान गरेको छ । उक्त बैठकले सम्पर्क समन्वय कमिटीको एकीकृत जुलुस बागबजारस्थित पद्मकन्या क्याम्पस अगाडिबाट सुरु हुने समेत निर्णय गरेको छ ।

पार्टी केन्द्रीय सचिवालयद्वारा विरोध प्रदर्शनलाई सफल र शानदार रूपमा सम्पन्न गर्न उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा पुस २२ गतेको जनपरिचालनका लागि क्षेत्र समन्वयकर्ताको रूपमा काठमाडौंमा ः क्षेत्र नं. १ – सावित्रा भुसाल, क्षेत्र नं. २ – शंकर पोखरेल, क्षेत्र नं. ३ – घनश्याम भुसाल र रामेश्वर फुयाल, क्षेत्र नं. ४ – केशव बडाल र टंक कार्की, क्षेत्र नं. ५- बिन्दा पाण्डे र मिरा ध्वोंजू, क्षेत्र नं. ६ – ठाकुर गैरे, क्षेत्र नं. ७ – प्रकाश ज्वाला, क्षेत्र नं. ८ – राजेन्द्रप्रसाद पाण्डे र जीवनराम श्रेष्ठ, क्षेत्र नं. ९ – युवराज ज्ञवाली र विनोद श्रेष्ठ, क्षेत्र नं. १० – डा. विजयकुमार पौडेल र सुरेन्द्र मानन्धर लाइ तोकेको छ ।

यस्तै ललितपुर ः क्षेत्र नं. १ – पशुपति चौलागाईं र सुशीला नेपाल, क्षेत्र नं. २ – महेन्द्रबहादुर पाण्डे, क्षेत्र नं. ३ – रघुजी पन्त लाइ र भक्तपुरमा ः क्षेत्र नं. १ – सोम मिश्र र क्षेत्र नं. २ – परशुराम मेघी गुरुङलाई तोकेको छ ।

सबैले आ-आफ्नो झाँकी, भेषभूषा, मौलिकता र बढीभन्दा बढी जनसहभागिता जुटाएर विरोध प्रदर्शनलाई राष्ट्रविरोधी संविधान संशोधन प्रस्ताव विरुद्धको चोटिलो प्रहारका रूपमा सफल पार्न समेत उपत्यकाबासी जनसमुदायहरूलाइ बैठकले हार्दिक आह्वान गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.