जनता कठ्याग्ग्रिदो जाडोमा टहरामा, पुनर्निर्माणमा असहयोग गरेका इन्जिनियरलाइ भने झण्डै दोब्वर सुविधा

बुटवल । पुस १४ । भुकम्पपिडित जनता कठ्याग्ग्रिदो जाडोमा टहरामा कष्टपुर्ण दिनरात गुजार्न बाध्य हुँदा पनि बेवास्ता गर्दै आएको सरकारले पुनर्निर्माणमा असहयोग गरेका इन्जिनियर र प्राविधिकलाइ भने झण्डै दोब्वर सुविधा दिने निर्णय गरेको छ ।

पिडितले पहिलो किस्ताको अनुदान रकम समेत नपाइ रहेका बेला मन्त्रिपरिषद्को बिहिवारको बैठकले सदरमुकाममा रहनेलाई ५० प्रतिशत र दुर्गम गाउँसम्म पुगेर काम गर्ने प्राविधिक तथा इन्जिनियरलाई तलबको ७५ प्रतिशतसम्म थप भत्ता दिने निर्णय गरेको हो । सुविधा वृद्धिको माग गर्दै पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले केही दिनअघि सामूहिक राजीनामा दिएर काठ ठप्प पारेका थिए । त्यसपछि सरकारले भत्ता बढाएको हो । सरकारका प्रवक्ता सुरेन्दर कार्कीले ७५ प्रतिशतसम्म भत्ता बढाउने निर्णय भएको बताए ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले पोखरा खानेपानी  सुधार आयोजनाका लागि ४ अर्ब ४३ करोड रुपैयाँ दिने निर्णय गरेको छ । यस्तै, सरकारले एसियाली विकास बैंकले शिक्षा क्षेत्रका लागि दिने २ अर्ब १२ करोड अनुदान रकम पनि स्वीकार गर्ने निर्णय गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.