देवदहमा तिवारीको श्रद्धाञ्जली सभा सरकारले आतंककारी र अपराधीलाई संरक्षण नगरोस–ओली

 

 

 

 

बुटवल, पुस १४ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुन नदिने स्पष्ट पार्दै मुलुक विखण्डनको उद्देश्यले आएको प्रस्ताव भएकाले त्यसमा छलफल समेत हुनै नसक्ने बताए ।
सरकारले आतंककारी र अपराधीहरुलाई संरक्षण गरिरहेको बताउदै नेता ओलीले भने–सरकारले देशघाती, नजघाती काम गर्न छाडेर संविधानको पालना गर्न तिर लागोस् ।
संविधान संशोधन र पा“च नम्बर प्रदेश विभाजनको विरूद्धमा आन्दोलनरत संयुक्त संघर्ष समितिले युवा संघ नेपाल रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको स्मृतिमा देवदहमा बिहीबार आयोजना गरेको संयुक्त श्रद्धाञ्जली सभामा बोल्दै पूर्व प्रम ओलीले तिवारीका हत्यारालाई कारवाही गर्न सरकारको ध्यानाकषर्ण गराए ।
एमालेका युवा नेता युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गत पुस ४ गते देवदहमा गोली प्रहार गरी हत्या भएको थियो । हत्याको विरोधमा देशैभरी आन्दोलन चलिरहेको छ । संयुक्त संघर्ष समितिले श्रद्धाञ्जली सभाको आयोजना गरी शोकलाई शक्तिमा बदल्ने प्रण गरेको थियो । सोही प्रणका लागि राष्ट्रियताका धरोहर, राजनेता श्रद्धेय केपी शर्मा ओलीलाई सभामा निम्त्याइएको संघर्ष समितिका नेताहरुले प्रष्ट पारेका थिए । रुपन्देहीमा संयुक्त संघर्ष समिति नै गठन गरी मंसिर १५ गते आन्दोलन चलिरहेको छ ।
उक्त श्रद्धाञ्जली सभामा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, एमाले नेताहरु विष्णु पौडेल, घनश्याम भुषाल, छविलाल विक, मालेका नेता गोपलमणि गौतम, युवा संघका अध्यक्ष राजिव पहारीलगायतका नेताहरु सहभागी थिए । उनीहरुले दुर्गा तिवारीको परिवारप्रति समवेदना व्यक्त गर्दै हत्यारालाई कानुनी कारवाहीको दायरामा ल्याउने काममा आफुहरुले सुरक्षा निकायलाइ सहयोग गर्ने पनि बताएका थिए ।
ओलीसहितका नेताहरुले तिवारीको परिवारलाई भेटेर समवेदना व्यक्त गर्दै आफुहरु सधै साथमा रहेको र रहिरहने प्रतिवद्धता व्यक्त गरेका थिए । नेता ओलीले तिवारीका कलिला छोरीहरुको भविष्यलाई पार्टीले गम्भीरतासाथ लिएको भन्दै केही न केही राहतको कार्यक्रम ल्याउने घोषणा गरे ।
मुलुकको राष्ट्रियता, सामाजिक एकता, स्वाभिमान र स्वतन्त्रतामै गम्भीर असर पु¥याउने प्रावधानसहितको बु“दा राखेर संविधान संशोधन प्रस्ताव दर्ता भएको भन्दै प्रमुख प्रतिपक्षी एमाले, माले, जनमोर्चा, नेमकिपालगायतका ९ राजनीतिक दल केन्द्रमा आन्दोलनरत छन् । भने, पा“च नम्बर प्रदेशका सबै जिल्लामा प्रतिपक्ष दलका आन्दोलनमा सत्तापक्षका दलका नेता कार्यकर्ताहरु पनि सहभागी छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.