काठमाडौ । पुस १८ । राजनितिक गतिरोधको अन्त्य र संसदको अवरोध खुलाउने बिषयमा दलहरुबीच कुरा नमिल्दा संसद बैठक पुस २४ गतेसम्मका लागि स्थगित भएको छ ।
मंगलवार संसद भवन बानेश्वरमा बसेको प्रमुख नेताहरुसहितको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संविधान संशोधनमा सत्तापक्ष–विपक्षको अडान कायमै रहेपछि संसद बैठक पुस २४ सम्मका लागि स्थगित भएको हो ।
संसको अर्को बैठक ६ दिनपछि बोलाइएको छ ।
बैठकमा दलहरुबिच कार्यसूचीमा सहमति नभएपछि थप सहमतिकालागि सूचना टाँसेर संसद बैठक स्थगित गरिएको हो ।
संविधान संशोधन विधेयक असंवैधानिक रहेको भन्दै एमालेसहितका विपक्षी ९ दलले लगातार संसद बैठक अबरोध गर्दै आएका छन् ।
तस्वीर