महिला जेसिजमा पद हस्तान्तरण विधीको शासन मा मात्र शुसाशन

बुटवल, पुस । बुटवल महिला जेसिजको २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।२०१६की अध्यक्ष मञ्जु भुसालले २०१७ की अध्यक्ष रुपा पाण्डेको टिमलाई पद हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा नेपाल जेसिजका पूर्व अध्यक्ष दीपक शाक्य, पूर्व अध्यक्ष जगतबहादुर पोखरेल, कार्यकारी उपाध्यक्ष श्रीधर बस्याल, राजु पौडेल, रिजन श्रेष्ठ, लक्ष्मी थापा, राजुदेवी खनाल प्रथम पुरुष द्धय नारायण भुसाल गणपतीपाण्डे लगायतले बोल्दै विधीको शासन भए मात्र नेपाल शान्ति हुने वताएका छन् । उनीहरुले नेपाली राजनिती विधी नियम पालना नगरेकै कारण अहिलेको स्थीतीमा पुगेको आरोप पनि लगाए । उनिहरुले नेपाल जेसिजलाई २०१७देखी केहि विधान र व्यवहारिक परिवर्तन गरी जेसीज सवैको बुझाईमा एउटै बनाउने पहिले भन्दा फरक भिजन र मिसन नयां संस्कार भित्राउने र समाज गति अनुशार लैजाने बताए उनीहरुले महिला जेसीजकै कारण समाजमा महिलाहरुको हरेक क्षेत्रमा सहभागी संलग्नता बढ्दै गएको दावी गरे । बक्ता हरुले बुटबल महिला जेसिज२०१६ ले नमुना कार्यगरेकोमा सरहना गदै २०१७ पनि उत्कृष्टजेसिज बन्ने विश्वास लिएको बताए ।
कार्यक्रममा भुसालले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई मायाको चिनो र सम्मान पत्रले सम्मान गरेकी थिइन् ।उनले १६मा आफुले गरेका कार्यक्रम को वारेमा जानाकारी गराएकी थिइन् । पाण्डेले आफ्नो कार्ययोजना प्रस्तुत गरेएकी थिईन् ।उनले जेसिज को साख गिर्न नदिने बताएकी छन् ।
असाहय तथा गरिब जेहेन्दार बालबालिकाको शिक्षाका लागि सहयोग अभियानको सुरुवात गरिएको थियो ।अध्यक्ष पाण्डेले लाईव्रेरी स्थापना गर्ने सचिवालय व्यबस्थीत गदै सवै को सुझाव सल्लहा अनुसशार आफ्ना कार्यक्रम अगाडी वढाउने र कार्यकालमा विभिन्न रचनात्मक कार्यक्रममा गदै जाने प्रतिवद्धता गरेकी थिईन । उनले आफ्नो कार्यकाल२०१७ का लागी विभिन्न विभाग का सल्लाकार पदाधिकारी महासचिव विभीन्न पदको जिम्मेवारी वाडफाड गर्दै सवैको सहयोग वाट सफल हुने विश्वास लिएको बताएकी थिइन् ।कार्यक्रम मा २०१७कि अध्यक्ष रुपा पाण्डे लाई निर्वाचन आयुक्त राजुदेवि खनाल ले सपथ खुवाएकी थिइन् ।भने अन्य पदाधिकारी सदस्य हरुलाइ अध्यक्ष पाण्डे सपथ खुवाएकी थिइन् ।
कार्यक्रमको पहिलो सत्रको सञ्चालन महासचिव राधिका पोखरेल,र दोस्रो सत्रको संञ्चालन नवनियुक्त महासचिव जानकी नेपालले गरेकी थिइन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.