परिक्ष्ँण पनि निशुल्क गर्ने , ५० लाख रुपैया डायलाईसिसको लागि अस्पतालको थप योगदान गर्ने

बुटवल,पुष
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले निशुल्क डायलाईसिसका विरामीहरुको नियमित रुटिन परिक्ष्ँण पनि निशुल्क गर्ने भएको छ । अस्पताल सञ्चालक समितीको बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले निशुल्क मृगौला डायलाईसिसको लागि अनुमती दिएसंगैे मासिक र हरेक तिन महिनामा गर्नुपर्ने रुटिन परिक्ष्ँण पनि निशुल्क गर्ने अस्पतालले जनाएको हो ।
डायलाईसिसका विरामीहरुले हरेक महिना रुटिन परिक्षण र तिन महिनामा एच बि एस एजी, एच सिभी र एचआईभि परिक्ष्ँण गर्नुपर्ने हुन्छ । बिरामीहरुको नियमित अबस्था थाहा पाउन सिबिसी, आरएफटी, प्लेटलेट, क्याल्सियम, फस्फोरस्, युरिक एसिड, लिपीड प्रोफाईल, टोटल प्रोटिन, एल्बुमिन, ब्लड सुगर लगायतको परिक्षण गर्नुपर्ने अस्पतालले जनाएको छ ।
सरकारले मृगौला डायलाईसिस निशुल्क गरेपनि आर्थिक अभावको कारण अन्य परिक्षण गर्न नसक्ने विरामीहरुलाई यो निर्णयले ठूलो राहत मिल्ने अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष्ँ एजाज आलमले रुटिन परिक्षणको लागि प्रति विरामी वार्षिक करिब ४० हजार रकम लाग्ने जानकारी दिनुभयो ।
उहांले हाल रहेको क्षमता अनुसार करिब ५० लाख रुपैया डायलाईसिसको लागि अस्पतालको थप योगदान रहने बताउनुभयो । सरकारले यसअघि निशुल्क डायलाईसिसको अनुमती दिएका सरकारी अस्पतालहरुले समेत रुटिन परिक्षण निशुल्क नगरेको र गौतमबुद्ध सामुदायिक अस्पताल नै निशुल्क घोषणा गर्ने पहिलो रहेको अस्पतालले दावी गरेको छ ।
यो अस्पताल नाफा कमाउने नभई गैरनाफामुखी रुपमा संचालनमा रहेकोले सम्भव भएसम्मका सेवाहरु निशुल्क तथा अत्यन्त न्यून शुल्कमा उपलब्ध गराउने अस्पतालले जनाएको छ । यसैविच अस्पतालले बुधवार चुमकला सापकोटाको मृगौला डायलाईसिस गरी निशुल्क सेवाको शुरुवात गरेको छ ।
स्वास्थ्य मन्त्रालयले निशुल्क डायलाईसिसको लागि सम्झौता गरिसकेको र जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस लिई आएका विरामीहरुलाई सेवा शुरु गरिएको अस्पतालले जनाएको छ । हाल ६ वटा डायलाईजर मेशिनबाट दैनिक २० जनाको डायलाईसिस गर्न सक्ने क्षमता रहेकोमा पुष महिनाभित्रै ११ वटा मेशिन थप गरी दैनिक ५० जना सम्मलाई सेवा दिन सक्ने छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.