पुस २७ गते सार्वजनिक विदा दिन राप्रपाको मन्त्रिपरिषदमा प्रस्ताव

काठमाडौ । पुस २१ ।राप्रपाका मन्त्रिहरुले मन्त्रीहरुले पृथ्वी नारायण शाहको जन्मदिवस पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाउन र त्यसदिन सार्वजनिक विदा दिनुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा गरेका छन ।
विहिवार बसेको मन्त्रिपरिषद बैठकमा राप्रपाका मन्त्रीहरुले विदा दिन गरेको प्रस्तावको काग्रेसका मन्त्रिहरुले समर्थन गरेको आपुर्ती मन्त्रि दिपक बोहोराले जानकारी दिए ।
राप्रपाको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको पनि उनले जानकारी दिए ।
जवाफमा प्रधानमन्त्रीले आफु सकारात्मक रहेको भन्दै अन्य दलहरुसँग छलफल गरेर निर्णय गर्ने बताएको आपुर्ति मन्त्री बोहोराले जानकारी दिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.