सरकारद्धारा पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवालीलाई बर्खास्त, ज्ञवाली सर्वोच्च जाने तयारीमा

काठमाडौ । पुस २१ । एमाले सरकारले नियुक्ति गरेकै कारण अहिलेको काग्रेस र माओवादी सहितको सरकारले पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृत सिईओ सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।
राजनीतिक प्रतिशोधका कारण बिहिवार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई हटाउने निर्णय गरेको हो ।
बुधवार ज्ञवालीले बुझाएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको ठहर गर्दै सरकारले उहाँलाई प्राधिकरणको कार्यकारी अधिकृतबाट बर्खास्त गर्ने निर्णय गरेको हो । ज्ञवालीलाई हटाउँदा उहाँ सर्वोच्च जान सक्ने भएकोले सवै प्रकृया पुर्याएर पछि अप्ठ्यारो नपर्ने उपाय अपनाउने सरकारको निष्कर्ष छ । त्यसअघि महान्यायाधिवक्तासँग पनि परामर्श गर्ने गरी त्यसको जिम्मा प्रधानमन्त्रि पुष्पकमल दाहालले लिनुभएको छ । मन्त्रिपरिषद बैठकपछि स्वास्थ्यमन्त्री गगन थापाले ज्ञवालीको पद गएको बताए ।
तर सबै जसो महत्वपुर्ण निर्णयका सुचना लुकाउँने गरेका सरकारका प्रवक्ता सुरेन्द्र कुमार कार्कीले भने स्पष्टिकरण लामो भएकोले अध्ययन भैरहेको भन्दै यसपाली पनि सहि सुचना दिएनन ।
सरकारले ज्ञवालीलाई एक साताअघि स्पष्टीकरण सोधेका थियो । भुकम्पपीडितलाई राहत तथा आवास निर्माण अनुदान वितरण तथा पुनर्निर्माणमा भइरहेको ढिलाइलाई देखाएर कानून अनुसार स्पष्टिकरण मागेर हटाउन सकिने बुझेपछि एकाएक ज्ञवालीलाई स्पष्टिकरण सोधिएको थियो ।
तर ज्ञवालीले भने आफुले काम गरिरहेको तर सरकारकै मन्त्रालयबाटै आवश्यक सहयोग नभएको भन्दै बुधवार स्पष्टीकरण बुझाउनुभएको थियो ।
सरकारले हटाएको पत्र पाए लगत्तै ज्ञवाली भने सर्वोच्चमा उजुरी दिने तयारीमा रहनुभएको छ । ज्ञवालीलाई नेकपा एमाले नेतृत्वको सरकारले पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.