काठमाडौ । पुस २० ।सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र संविधान संशोधनको माग गर्दै आन्दोलन गरेको मधेसी मोर्चाले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अवको संसद बैठकमा टेवुल गर्ने सहमति गरेका छन ।
प्रधानमन्त्रि निवास बालुवाटारमा बिहिवार बसेको तीन पक्षको बैठकले यही पुस २४ पुष गते बस्ने संसद बैठकमा संविधान संशोधनको प्रस्तावलाई छलफलका लागि अगाडि बढाउने सहमति गरेको हो ।
बैठकमा संशोधन प्रस्ताव पारित हुने गरी दुइ तिहाइ पुर्याउन आआफ्नो पक्षबाट पहल गर्ने सहमति पनि भएको र एमाले लगायतका दलहरुसँग पनि छलफल गरिने सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले बताउनुभयो ।
उता प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने सर्वोच्च अदालतको आदेश अनुसार सीमाङकन सम्वन्धी प्रस्ताव अघि बढाउन नमिल्ने भएकोले सरकारले संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने बताउनुभयो ।
पार्टी पार्टी कार्यालय धुम्वराहीमा प्रेस चौतारी नेपालले गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले सरकारले पूर्वाग्रह राखेर राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्याकारी अधिकृत सुशील ज्ञवालीलाई हटाएको भन्दै सरकारको विरोध पनि गर्नुभयो । संबैधानिक र कानुनी प्रावधानले समेत ज्ञवालीलाई हटाउन नमिल्ने अध्यक्ष ओलीको भनाइ थियो ।