विमानस्थल हुँदै भित्र्याइएको करिव ३४ किलो सुन बरामद

काठमाडौ । पुस २० । प्रहरीले त्रिभुवन विमानस्थल हुँदै भित्र्याइएको करिव ३४ किलो सुन बरामद गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले एयर अरेवियाको जहाजबाट युएइ हुदैँ काठमाडौं आएका गोपाल बहादुर शाहीको साथबाट उक्त सुन बरामद गरेको हो ।
दुइ सय ४४ वटा विस्कुट भएको १०- १० तोलाको सो सुन सहित १८ वटा सिक्री र १९ वटा औंठी पनि वरामद गरेको छ।
बरामद गरिएको सुनको बजार मूल्य १५ करोड रुपैयाँ भन्दा धेरै छ। सुन लिएर आउने शाही र सुन लिन विमानस्थल पुगेका २ जना दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ गरिएको डिआइजी नवराज सिलवालले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.