मेलामा आयोजित दोहारी आज एस के म्युजिक बुटवल बिजयी

बुटवल, २१ पुस ।
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आज बिहीवार पनि बिभिन्न कार्यक्रम र प्रतियोगिहरु सम्पन्न भएको छ ।
मेलामा आयोजित दोहारी गीत प्रतियोगितामा आज एस के म्युजिक बुटवल बिजयी भएको छ । एस के लेराष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान काठमाण्डौ ख समुहलाई पराजित गरेको हो । आज बिजयी एस केपर्सीराष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्विनीसंग प्रथम स्थानका लागि प्रतिष्पर्धा गर्ने छ । भोली तृतिय स्थानका लागि राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठानको काठमाण्डौक र ख समुहबीच प्रतिष्पर्धा हुने छ ।
मेलाका अवसरमा आयोजित भ्वाइस अफ बुटवलकोटप ५ मा परेकाहरुबीच भोली अन्तिम प्रतिष्पर्धा हुने छ । भ्वाइस अफ बुटवलको उपाधिका लागि टप ५ मा सन्ध्या सुनार, सुरुचि पाठक, ब्युटी रसायल, चन्द्रप्रकाश फौजा र इश्वर चौधरी छनौट भएका छन । टप ५ मा परेकाहरुमध्येबाट एसएमएसका आधारमा बिजेता घोषणा गरीने कार्यक्रम संयोजक तथा संघका सदस्य रितेश सिलवालले जानकारी दिनु भयो ।
मेलामा पुर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका उद्योग वाणिज्य संघ र बिभिन्न संघ सस्थाहरुले सस्थागत अवलोकन गरेका छन । आज बिहीवार झापा उद्योग वाणिज्य संघ, मोरगं उद्योग संगठन र धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरुले मेलाको अवलोकन गरेका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.