मोफसलका मिडियाहरु स्थानीय जनतामूखि हुन आवश्यक स्वतन्त्रता वढी हुदा अराजकता भित्रियो

नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले पत्रकारितामा विकृति देखिन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । नेपाली पत्रकारिता स्वस्थ जिम्मेवार र उतरदायित्वयुक्त बनाउन अहिलेको आवश्यकता भएको उहाले बताउनुभयो । नेपाल पत्रकार महासंघ रुपन्देहीले बुटवलमा गरेको स्वागत कार्यक्रममा बोल्दै उहाले आचार संहिता पालना सहितको पत्रकारिता आवश्यक रहेकोमा त्यसोहुन नसकेको बताउनुभयो । मोफसलको पत्रकारिता बलियो भयो भने समग्र पत्रकारिता दिगोसमयसम्म टिक्ने भन्दैे माोफसललाई बलियो बनाउन मिडियाहरु स्थानीय जनतामूखि हुन आवश्यक रहेको उहाले बताउनुभयो । राजनीतिक घटनामात्रै समाचार बन्नु विडम्बना भएको भन्दै उहाले कृषि, विकास जस्ता जनतामूखि समाचारहरु पत्रकारितमा आउनुपर्ने बताउनुभयो । स्वागत कार्यक्रममा बोल्दै काउन्सिलका सदस्य किशोर श्रेष्ठले नेपाली पत्रकारितमा अति स्वतन्त्रता हुदा अराजकता भित्रिएको बताउनुभयो । विश्वमा सबैभन्दा बढी स्वतन्त्रता नेपाली पत्रकारितामा रहेको भन्दै उहाले त्यसलाई सबल तरिकाले सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाले पत्रकारिता मात्रै गरेर पत्रकारहरु बाच्ने अवस्था सिर्जना नहुदा विकृति आएको भन्दै मिडियालाई बलियो बनाउने काम गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष खिलाबहादुर भण्डारीले पत्रकारितमा मोफसलले महत्वपूर्ण योगदान गरेको बताउनुभयो । पत्रकारहरुलाई दक्ष बनाउनका लागि महासंघले तालिम तथा गोष्ठिहरु निरन्तर गरिरहेको उहाले बताउनुभयो ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतमा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु वालकृष्ण चापागाई, डीआर घिमिरे, दीपक ज्ञवाली, सल्लाहकार रामराज पोखरेल, पत्रकार महासंघ प्युठानका अध्यक्ष गिरु भण्डारी, रुपन्देहीका उपाध्यक्ष यानेन्द्र जिसी लगायतले बोल्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.