भारतीय अभिनेता ओम पुरीको निधन

काठमाडौ । पुस २२ । बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन भएको छ ।
६६ वर्षीय अभिनेता पुरीको आफ्नै निवासमा शुक्रवार बिहान हृदयघात भएर मृत्यु भएको परिवारले जनाएको छ ।
पद्मश्री अवार्ड विजेता पुरीले जाने भी दो यारों, आक्रोस, अर्ध सत्य, गुप्त, चाची ४२० लगायतका फिल्ममा अभिनय गरेका छन ।
८० को दशकमा बलिउडमा पुरीद्वारा अभिनित दर्जनौं चलचित्र निकै रुचाइएका थिए । सन् १९७६ को मराथी फिल्म घासीराम कोटवाल उनको पहिलो फिल्म थियो भने ओम पुरीले भारतीय मात्र हैन, बेलायती, हलिउड र पाकिस्तानी फिल्ममा समेत काम गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एवं बलिउड कलाकारहरुले पुरीको निधनप्रति दुःख ब्यक्त गरेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.