विपक्षीको नारावाजीका बीच सरकारद्धारा संविधान संशोधन प्रस्ताव संसदमा टेवल

काठमाडौ । पुस २४ ।सरकारले विपक्षी दलका सांसदहरुले नाराबाजी गरिरहे पनि संविधान संशोधन प्रस्ताव संसदमा टेवुल गरेको छ । आइतवार संसद बैठकमा विपक्षीहरुको नारावाजी चलिरहँदा कानुनमन्त्री अजयशंकर नायकले संसदमा संशोधन विधेयक पेस गरेका हुन । कानूनमन्त्री नायकलाई विधेयक पेश गर्न सभामुख ओनसरी घर्तीले समय दिएकी थिइन । सभामुखले विपक्षीहरुको विरोधलाई वास्ता गरिनन र हतारमा प्रकृया अघि बढाइन । विपक्षीहरुले संशोधन प्रस्ताव राष्ट्रहित विपरीत रहेको भन्दै नाराबाजी र होहल्ला गरे पनि रोस्टम घेराउ भने गरेनन् । उनीहरुले आआफ्नै ठाउँबाट विरोध गरेका थिए । हामीले माओवादीले जस्तो तोडफोड र वितण्डा मच्चाएर विरोध गर्रेनौ–एमाले नेता बामदेव गौतमले भने ।
संसदको बैठक विपक्षीहरुले भने सरकारले निरंकुश शैलीमा र विपक्षीहरुको बिरोध भैरहेका बेला लोकतन्त्र विपरित संशोधन प्रस्तावमा दल दर्ता गरेको भन्दै आपत्ति जनाएका छन । तर सत्तापक्षका नेता अग्नि सापकोटाले विपक्षीको सहयोगमा प्रस्ताव दर्ता भएको भन्दै आगामी दिनमा सहकार्यको ढोका खुलेको दावी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद बैठक शुरु हुनुअघि भएको छलफलमा निर्वाचन विधेयक र महाअभियोग सम्वन्धि विषयलाई अघि बढाउन संसदको अवरोध नगर्ने सहमति भएको थियो । तर संशोधन विधेयक अघि सारे विरोध गर्ने जनाउ दिएका थिए । साना दलका नेताहरुले भने एमालेले गल्ति गरेको बताए ।
गत मंसिर १४ गते सरकारले संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराएपछि विपक्षी दलहरुले निरन्तर संसद अवरोध गर्दै आएका थिए । आजको संसद बैठकमा सरकारले स्थानीय तह निर्वाचन र निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक पनि टेबल गरेको छ ।बैठकले अख्तियारका निलम्वित प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावलाई सिफारिस समितिमा पठाउने निर्णय पनि गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.