काठमाडौ । पुस २५ । संविधान संशोधन प्रस्तावको बिषयलाई लिएर डेढ महिनासम्म अवरुद्ध बनेको संसद बैठक खुलेको भोलिपल्टै गणपुरक संख्या पनि नपुगेर स्थगित हुने अवस्थामा पुग्यो । सोमवार शुरु भएको संसद बैठकमा स्थानीय तहको निर्वाचन विधेयकका विषयमा सैद्धान्तिक छलफल भैरहँदा धेरैजसो साँसद कोही बोल्दै हिड्दै गरेका थिए भने कोही हाजिर गरेर टाप कसेका थिए । जसको परिणाम विधेयकलाइ संशोधनका लागि समय दिन विचार गरियोस् भन्ने प्रस्ताव राख्दा गणपुरक संख्या पुगेन । त्यसवेला संसद बैठक खालीजस्तै थियो ।
प्रस्ताव पारित गर्न गणपुरक संख्या नपुगेको विषय उठेपछि ४ सय ४ जना सांसदले हाजिर गरेको देखियो तर धेरै हाजिर गरेर हिँडेछन् । बैठकमा जम्मा एक सय १६ जनाको मात्र उपस्थिति थियो । गणपुरक संख्या नपुगेपछि प्रस्ताव अघि बढाउन आधा घण्टाका लागि बैठक स्थगन गरेर दोस्रो बैठक बोलाउनुपर्योप ।