बैक तथा वित्तिय संस्था सम्वन्धि विधेयक वाफिया पारित

काठमाडौ । पुस २६ । बैक तथा वित्तिय संस्था नियमन गर्न बनेको बैक तथा वित्तिय संस्था सम्वन्धि विधेयक वाफिया संसदले पारित गरेको छ। संसदको मंगलवारको बैठकले बहुमतका आधारमा विधेयक पारित गरेको हो ।
बैठकमा सांसदका प्रश्नको जवाफ दिदै अर्थमन्त्री कृष्णबहादुर महराले विधेयक पारित भएपछि जनताको विश्वास बढ्ने र अर्थतन्त्रको स्थायित्व र सुधार शुरु हुने बताउनुभयो । उहाँले शेयर बजार र पुँजीवजारमा नीजि क्षेत्रको सहभागिता बढाउदै समाजवादमा जानुपर्ने बताउनुभयो ।
पारित विधेयकले राष्ट्रपतिबाट प्रमाणीकरण (स्वीकृत) भएपछि स्वतह कानुनी मान्यता पाउँछ ।

विधेयकमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिमा रहेका व्यक्तिको योग्यता र कार्यकाललगायतको व्यवस्थालाई सुनिश्चित गरिएको छ । विधेयकमा संवैधानिक पद धारण गरेका व्यक्ति बैकको कुनै पनि पदमा वस्न नपाउने व्यवस्था छ । त्यसै गरी लगातार दुई कार्यकाल कार्यकारी अध्यक्ष हुन नपाउने प्रावधान राखिएको छ । विधेयकमा प्रमुख कार्यकारीको पदावधि दुइ वर्ष तोकिएको छ ।
यसअघि संसद बैठकको शुन्य समयमा एमालेका सांसद प्रकाश ज्वालाले पृथ्वीनारायण शाह राष्ट्रनिर्माता भएको भन्दै सम्मानमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.