पुस २७ मा पृथ्वीनारायण शाहको स्मरण

काठमाडौ । पुस २७। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिवसका अवसरमा पुस २७ गते विभिन्न कार्यक्रम गरी पृथ्वीनारायण शाहको स्मरण गरिएको छ । विक्रम संवत १७ सय ७९ साल पुस २७ गते गोरखामा जन्मिनुभएका पृथ्वीनारायण शाह २० वर्षको कलिलो उमेरमै गोरखाको राजा हुनुभएको थियो । राजा नरभुपाल शाहको मृत्युपछि २० वर्षे किशोरावस्थामै १७ सय ९९ सय सालमा गोरखाको राजकाज सम्हाल्नुभएका पृथ्वीनारायण शाहले बाईसे-चौबिसे राज्य एकीकरण गरेर आधुनिक नेपाल निर्माण गर्नुभएको हो । शाहलाई राष्ट्रनिर्माता पनि भनिन्छ । उहाँले मकवानपुर, नुवाकोट, कीर्तिपुर जस्ता शक्तिशाली राज्यलाई परास्त पार्दै नेपाल एकीकरण अभियान अघि बढाउनुभएको थियो भने आफु गोरखाको राजा भएर पनि नेपाल एकीकरणपछि काठमाडौंलाई राजधानी बनाउनुभएको थियो ।
‘नेपाल चार वर्ण छत्तिस जातको साझा फूलबारी हो’, ‘घुस लिन्या र दिन्या दुवै देशका शत्रु हुन्’ लगायत उहाँका दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।
वि. सं. १८ सय ३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोटमा उहाँको निधन भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.