संशोधन प्रस्तावको विरोधमा बुधवार पाँच नम्वर प्रदेशमा बन्द तथा प्रर्दशन

बुटवल, पुस २७ । सरकारले संसदमा अघि बढाएको संविधान संशोधन प्रस्तावको विरोधमा बुधवार पााच नम्वर प्रदेशका विभिन्न क्षेत्रमा बन्द तथा प्रर्दशन भएको छ । विरोधमा
रुपन्देहीको भैरहवा, कपिलवस्तुको तौलिहवा, नवलपरासीको परासी, पाल्पाको तानसेन तथा गुल्मीको तमघासमा विरोध प्रदर्शन भएको छ ।
प्रदर्शनमा सबै दलका नेता कार्यकर्ताहरु र नागरिक समाजसमेत सहभागी भएका थिए । भैरहवाको बर्मेलीटोलबाट जुलुस सुरु भइ मिलनचौकमा विरोधसभा भएको थियो । संयुक्त संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको विरोध सभामा बोल्ने वक्ताहरुले संविधान संशोधन विद्येयक फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बताए । उनीहरुले आन्दोलनको स्वरुप फेरिने तर, विरोध जारी रहेको बताए । उनीहरुले सिमांकन फेर्ने अधिकार यो संसदलाई नभएको पनि बताए । उक्त विरोध सभामा बोल्दै एमाले सचिव तथा पूर्व मन्त्री पृथ्वी सुब्बा गुरुगंले सरकारले जबर्जस्ती गर्दै राजनीतिक ध्रूवीकरण बढाएको र त्यसको असर संविधान कार्यान्वयनमा परेको बताए । सरकारले संविधान कार्यान्वयन भन्दा पनि संशोधनलाई नै जोडबल गरेकाले त्यसको नियत कुनै पनि मानेमा सही नरहेको प्रष्ट पारे ।
सामाजिक एकता सहितको राष्ट्रियता र स्वाभिमानका लागि आफुहरुले आन्दोलन गरिरहेको उल्लेख गर्दै उनले सरकारले भने राष्ट्रियतालाई नै सौदाबाजी गरिरहेको बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष बद्रे आलम, एमाले प्रदेश संगठन कमिटीका सदस्य बाबुलाल यादव, मालेका पोलिटब्यूरो सदस्य गोपालमणी गौतम, नेमकिपाका हरिसुन्दर बासी, मसालका नेता दीपक पौडेललगायतले बोलेका थिए ।
एमाले रुपन्देहीका कार्यबाहक अध्यक्ष पुरुषोत्तम घिमिरेको अध्यक्षतामा भएको विरोध सभाको सञ्चालन एमाले रुपन्देहीका सचिव जागेश्वरी चौधरीले गरेकी थिइन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.