बुटवल, पुस २८ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले संविधान संशोधन प्रस्ताव असफल पार्ने बताएका छन् । सरकारले चोर बाटोबाट संशोधन प्रस्ताव संसदमा टेबल गरे पनि असंवैधानिक र राष्ट्रहित विरूद्धको प्रस्ताव कुनै हालतमा पास हुन नदिने स्पष्ट पारे ।
प्रेस चौतारी नेपाल, रूपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पोखरेलले कांग्रेस र माओवादी केन्द्रले भारतको बहकाउमा संशोधन प्रस्ताव ल्याइएको भन्दै यसलाई असफल पारिने बताए । ँनेपाली जनताको अधिकार स्थापित गर्न संशोधन ल्याइएको होइन’ पोखरेलले भने, ँहामी -विपक्षी मोर्चा) सँग २०१ सांसद छन् । कांग्रेस र माओवादी केन्द्रका केही नेताहरू संशोधनको विपक्षमा रहेकोले, यो प्रस्ताव असफल हुन्छ, असफल पाछौं ।’ सरकार संविधान कार्यान्वय गर्ने बेला संशोधनको मुद्दा उठाएर उल्टो बाटोमा हिँडेको पोखरेलको भनाइ छ ।
पूर्व मन्त्री समेत रहेका नेता पोखरेलले मुलुकमा निर्वाचन नगराउने, संविधानलाई असफल गराउने र कार्यान्वयन हुन नदिने उद्देश्य स्वरूप संशोधन प्रस्ताव आएको आरोप लगाए । पोखरेलले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईबाट अलग गरे देश कमजोर हुने बताए । ँसरकारले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई चार नम्बर प्रदेशमा गाभ्ने प्रस्ताव नै षड्यन्त्रपूर्वक ल्याएको छ । अहिलेको अवस्थामा पहाड र तराईलाई छुट्याएर अलग-अलग राज्य बनाउन कुनै हालतमा हुँदैन’ उनले भने ।
उनले १० प्रतिशतलाई स्वीकार्य गराउने नाममा ३३ प्रतिशतलाई बाहिर धकेल्न खोजेको बताए । ँविश्वको कुनै पनि मुलुकको संविधान सर्वस्वीकार्य हुँदैन’ पोखरेलले भने, ँ९० प्रतिशतभन्दा बढी जनमतबाट बनेको संविधानलाई पुन सरकारले १० प्रतिशतलाई स्वीकार्य गराउन नाममा ३३ प्रतिशतलाई बाहिर धकेल्न खोज्दै छ, कस्तो सर्वस्वीकार्यता हो ?’
संविधान सर्वग्रहृय हुनुपर्ने उनले बताए । ँजनताका दुई तिहाईभन्दा बढी प्रतिनिधिले बनाएको संविधान मान्दिन भन्न मिल्दैन’ पोखरेलले भने, यो दण्डनीय विषय हो । संशोधन नहुँदासम्म मान्दिन भन्न मिल्दैन ।’ पहाड र तराई गरी मुलुकमा दुई वटा राष्ट्रियता निर्माण गरी मुलुकलाई अल्पमतमा पार्ने षडयन्त्र भइरहेको आरोप लगाए । विश्वका कुनै पनि मुलुकमा संविधान स्वीकार्य नहुने बताए । ँकुनै पनि मुलुकमा दुई वटा राष्ट्रियता हुँदैन’ उनले भने, मुलुकमा दुई राष्ट्रियता बनाउने र पुन एक मधेश एक प्रदेश बनाउने र नेपालको तराईलाई अन्यत्र मिलाउने रूपमा यस्ता प्रस्तावहरू आएका हुन ।’ भारतमा ६२ प्रतिशत बनाएका हुन अमेरिकामा ५२ प्रतिशत जनताको अभिमतबाट बनेको हो । हाम्रो ९२ प्रतिशत सभाषद्ले बनाएको संविधान मान्दिन भन्ने नसुहाउने उनले बताए । उनले प्रेस चौतारी नेपाल,रूपन्देहीका अध्यक्ष अमृत गिरीको अध्यक्षता तथा सदस्य इन्दिरा खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।