अल नेपाल डान्स च्याम्पियनसिपको फाइनल हुँदै

बुटवल, माघ १।अल नेपाल डान्स च्याम्पियनसिप प्रतियोगिता २०१६ को ग्राण्ड फाईनल अडिसन शनिवार माघ १ गते बेलुका हुदैछ । बागेश्वरी संगीतालय बुटवलको आयोजनामा एन्फा टेक्निकल बुटवल देवीनगरमा हुने फाईनल डान्स प्रतियोगिताको ग्राण्ड फाईनल अडिसनमा निणर्ायकका लागि मुम्वईवाट चर्चित कोरियो ग्राफर कलाकार टरेन्स लुईज बुटवलमा आएका छन् । ग्राण्ड फाईनल मा टप १३ सिनियरलाई उन्ले जज गर्नेछन् ।
यहाा छनोट हुनेले आफ्नो संस्थामा तालिममा फुलकोर्स गर्न पाउने र यो कार्यक्रमले नेपाल र भारतको सास्कृतिक सम्बन्ध अझ मजवुत हुने वताउदै उनले भने- कलाकारले भारतमा जागिर गर्ने हैन त्या सिकेर नेपाल आएर केही गर्नसक्ने छन् ।
नेपालभर रहेका नृत्य प्रतिभालाई राष्टियस्तरको एकल नृत्य प्रतियोगिता अल नेपाल डान्स च्याम्पियनसीप को आयोजना गरि उत्कृष्ट प्रतिभालाई अन्तराष्टिय मन्च प्रधान गर्ने उद्येश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको आयोजक सस्थाका प्रमुख सुरेश सेन्चुरीले बताए् ।
कार्त्तिक ६ गते देखि शुरु भएको यो प्रतियोगिता बुटवल, नेपालगञ्ज, पोखरा, काठमाडौा, नारायगढ लगायत देशका बिभिन्न ठााउमा सम्पन्नभई बुटवलमा फाईनल अडिसन संचालन हुन लागेको हो । यो बुटवलकै पहिलो ठूलो कार्यक्रम भएको आयोजक बागेश्वरी संगितालयका संस्थापक पिन्सीपल सुरेश सेन्चरीले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिनु भयो ।
यो प्रतियोगितामा देशभरका २ सय ६६ जना सहभागि भएका थिए ।
फाईनल अडिसनमा च्याम्पियन बन्ने सिनीयरले २ लाख नगद र भारतको मुम्बईको टरेन्स लुईज एकेडेमी -त्भचभलअभ भिधष्क ब्अबमझथ ) मा ३ महिनाको डान्स कोर्ष प्राप्त गर्ने छन् भने जुनियरले २ लाख नगद सहित भारतको मुम्बईमा १ महिनाको मास्टर कोर्षको स्कलरसिप प्राप्त गर्ने छन् । टप अन्य जुनियर र सिनियरलाई अरु विभिन्न अवसरहरु प्राप्त हुने छ ।
सामान्य व्यक्तिलाई डान्स स्टार बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको यो कार्यक्रममा भोटिङ्ग र एसएमएस नभएकोले सामान्य व्यक्ति पनि ठूलो प्रतिभा देखाउन सक्ने ए एन डि च्याम्पका परिकल्पनाकार एवं जज बिजु कार्की बताउछन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.