बुटवल, माघ १। नेपाली कााग्रेसका केन्दि्रय सदस्य एवं सभासद चन्द्र भण्डारीले संसोधन प्रसताव फेल नभए प्राप्त सवै उपलव्धि गुम्ने वताएका छन् । उनले संसोधन प्रस्ताव ल्याउनमा भारतका केही व्यक्तिको चलखेल रहेको पनि दावी गरे ।
नेपाल प्रेस यूनियन रुपन्देहीद्धारा शनिवार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भने- पार्टी सभापति शेरवहादुर देउवाले भनेको उनान्सयप्रतिसत कुरा मानेपनि संशोधन प्रस्ताव मान्दैनौ ।
समयमा निर्वाचन गर्न आवश्यक रहेको चर्चागर्दै आफुहरु जनताको बिपक्षमा जानसक्ने पटक दोहर्याउदै नागरिकता बिधेयक पास भए ५ बर्षमा नेपालै नरहने ठोकुवा गरे ।
त्यस्तै रोल्पामा संयोजक बनेर आन्दोलनको नेतृत्व गरेका सभासद एवं पार्टी सभापति अमर पुनले ५ नम्बर प्रदेश कुनै हालतमा टुक्रन नहुने वताउदै आफुले पार्टीको हुईप नमान्ने दावि गरे ।
माओवादिको उद्गम थलो अहिले जनता माओवादी केन्द्रकै बिरोधमा उत्रिएका र संसोधन प्रस्तावमा छलफल नै भएपनि फेल गराएर छाड्ने वताए ।