डुंगा दुर्घटनामा परि मृत्यु हुनेको संख्या २४

काठमाडौ । माघ २ । मकर मेलामा सहभागि भएर फर्कने क्रममा भारतको पटनास्थित गंगा नदीमा शनिवार साँझ भएको डुंगा दुर्घटनामा परि मृत्यु हुनेको संख्या २४ पुगेको छ । पटना शहरका एसपी चन्दन कुशवाहाका अनुसार, सबलपुर दियाराबाट पटनातर्फ फर्किंदै गरेको सो डुंगामा क्षमताभन्दा मानिस चढेका थिए ।
उनीहरु मकर संक्रान्तिको अवसरमा आयोजित चंगा प्रतियोगितामा सहभागी भएर पटनातर्फ फर्किंदै थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गर्नुभएकोछ । मुख्यमन्त्री नीतिश कुमारले घटनाबारे अनुसन्धानको निर्देशन दिनुभएको भारतिय संचारमाध्यमले जनाएका छन् ।
यसैबीच लिबियाली तट नजिकैको भूमध्य सागरमा भएको एक डुंगा दुर्घटनामा करीब एक सय जना हराई रहेका छन् ।
खोजी कार्यमा जुटेका इटालियन तटरक्षक सेनाले अहिलेसम्म आठ जनाको शव बरामद गरेको छ भने चार जनाको जिवितै उद्धार गरेकोछ ।
लिबिया र इटलीबीचमा समुद्री तटबाट करीब ५० किलोमिटरको दुरीमा सो डुंगा डुबेको हो । डुंगामा आप्रवासी र शरणार्थी चढेको जनाइएकोछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.