अनलाइनबाटै उद्योग दर्ता गर्न मिल्ने व्यवस्था

काठमाडौ । माघ २ । सरकारका अनुसार अव उद्योग खोल्न सरकारी निकायमा सकिनसकी धाउनु पर्दैन । तर त्यो कुरा व्यवहारमा देखिन्छ की कागज र भाषणमा मात्रै हो भन्ने हेर्न भने बाँकी छ । उद्योग विभागले अनलाइनबाटै उद्योग दर्ता गर्न मिल्ने व्यवस्था गरेको प्रकृयाको आइतवार उद्योग मन्त्री नविन्द्रराज जोशीले शूरुवात गर्नुभयो ।
विभागले शूरुको चरणमा अनलाइनबाट उद्योग दर्ता, विदेशी लगानीको स्वीकृति र विदेशी लगानीकर्ताको भिसा सिफारिश गर्नेछ । त्यसअवसरमा उद्योग मन्त्री जोशीले नयाँ सिष्टमबाट नेपालको औद्योगिक क्षेत्रमा सुधारको प्रयास हुने पनि बताउनुभयो ।
उद्घाटनकै क्रममा मन्त्री जोशीले चिनियाँ लगानीमा खुलेको एक रेष्टुरेण्ट र एउटा होटलको अनलाइन दर्ता प्रमाणपत्र पनि हस्तान्तरण गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.