भूकम्प सुरक्षा दिवस मनाइ रहँदा भुकम्पपिडितको विचल्लि भने उस्तै

काठमाडौ । माघ २ । माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाइ रहँदा भुकम्पपिडितको विचल्लि भने उस्तै छ । १९ सय ९० साल माघ २ गते गएको भूकम्पको स्मरण गर्दै राष्ट्रिय सुरक्षा भूकम्प दिवस मनाउने गरिन्छ ।
तर २०७२ साल बैशाख १२ गतेको भुकम्पले विचल्लिमा परेका पिडितलाई छिटो पुनर्स्थापना गर्न पनि सरकारले वेवास्ता गर्दै आएको छ ।
भूकम्प सुरक्षा दिवसको सन्दर्भ पारेर अघिल्लो बर्ष भूकम्पले धेरै क्षति पुर्याएको काठमाडौंको उत्तर पूर्वमा रहेको साँखुमा सरकारले विशेष सचेतना मूलक कार्यक्रम गर्यो तर त्यो औपचारिकतामा सिमित भयो ।
पिडितहरु यसपालीको जाडोमा पनि चिसो सिरेटोमा दिनरात विताउन बाध्य छन । यसैगरी ऐतिहासिक सम्पदाहरुमा पुगेको क्षतिका कारण अर्बौंको आर्थिक क्षति भएपनि पुननिर्माणको काम नै शुरु भएको छैन ।
भूकम्पले घर भत्केपछि हजारौको परिवार अहिले पनि टहरामा बस्दै आएको छ । अहिले धेरैले टहरामा शित चुहिएर सुत्नै कष्ट झेलिरहेका छन । भूकम्प पीडितको अवस्था दयनीय बनेको छ । वृद्धवृद्धा, सुत्केरी र बालबालिका चिसोले बढी समस्यामा परेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.