जवर्जस्ती संशोधन प्रस्ताव अघि बढाउन खोजे संसदमा प्रतिवाद गर्ने एमालेको चेतावनी

काठमाडौ । माघ २ । नेकपा एमालेले सरकारले अझै पनि संविधान संशोधन प्रस्ताव अघि बढाउन खोजे संसदमा प्रतिवाद गर्ने चेतावनी दिएको छ । आइतवार बसेको एमाले स्थायी समितिको बैठकले कुनै पनि हालतमा संशोधन प्रस्ताव अघि बढ्न रोक्ने र पारित हुन नदिने निर्णय गरेको हो ।
एमालेले केही दलहरुलाई सरकारमा लगेर भएपनि संशोधन प्रस्ताव अघि बढाउन सत्तापक्षले चलखेल गरेको भन्दै त्यसलाई सरकारको क्षुद्रपन र हतासको मानिसिकता भनेको छ । बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै एमाले सचिव प्रदिप ज्ञवालीले कुनैपनि दल र सांसद राष्ट्रिय हित लाई सौदावाजी गरेर मन्त्रि बन्न नजाने भन्दै सरकारले जवर्जस्ति गर्न खोजे आफुहरु संसदमा प्रतिवाद गर्ने तयारीमा रहेको सरकारलाई जानकारी गराइएको बताउनुभयो । उहाँले बैठकले संशोधन प्रस्तावको जनस्तरमा विरोध गर्दै आगामी निर्वाचनको पक्षमा एमालेले बहुमत ल्याउने गरी माहोल बनाउन र तराइ, मधेश र पहाडको एकता अझ बलियो बलियो बनाउन फागुनको अन्तिम साता वा चैतको पहिलो सातादेखि पुर्वको काकडभिट्टादेखि सुदुरपश्चिमको महाकालीसम्म मेची महाकाली अभियान संचालन गर्ने निर्णय भएको पनि बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.