काठमाडौ । माघ ३ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा एमालेका तत्कालिन महासचिव स्वर्गीय मदन भण्डारीकी कान्छी छोरी डाक्टर निशाकुसुम भण्डारीको विवाह पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी किरण यादवका छोरा अभिषेक यादवसँग धुमधामपुर्वक भएको छ । राष्ट्रपति भण्डारीकी छोरी निशा र काँग्रेस नेतृ तथा सांसद किरणका छोरा अभिषेकको सोमवार बैदिक विधि पुर्वक बिवाह भएको हो । उनीहरुबीच कलेज पढ्दादेखि नै प्रेम सम्वन्ध रहेको बताइएको छ । अभिषेक बाजागाजासहित जन्ति लिएर दुलही लिन शितलनिवास पुगेका थिए ।
उनीहरुबीच विहान साढे ९ बजे स्वंयम्वर भएको राष्ट्रपति भण्डारीकी सहयोगी दिपा शर्माले मतपत्र नेपाललाई जानकारी दिइन । विवाह समारोहमा पुर्वराष्ट्रपति रामवरण यादव जन्तिका रुपमा गएका थिए ।
यसैगरी राजनीतिक दलका नेताहरु,पूर्वराजा ज्ञानेन्द्र शाह, कुटनीतिक नियोगका प्रतिनिधिहरु तथा यादव र भण्डारी परिवारका आफन्तजनहरु समेत सहभागी भए ।
नारायणहिटी दरवार छाडेपछि पहिलो पटक शीतल निवास पुगेर करिव २० मिनेट बसेका पुर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिलाई धेरैले अर्थपुर्ण र चासोका रुपमा लिएका छन ।