बुटवल । माघ ९ । रोटरी क्वल अफ सेन्ट्रल लुम्बिनीले ६ वटा सामुदायिक सेवा केन्द्रहरु क्रमश: हिमाली सामुदायिक सेवा केन्द्र बुद्धचोक, सिद्धार्थ सामुदायिक सेवा केन्द्र आवारोड, सामुदायिक सेवा केन्द्र गोलपार्क बुटवल, बुद्ध सामुदायिक सेवा केन्द्र उद्योगपुरी, सामुदायिक सेवा केन्द्र धकधई र दुर्गा सामुदायिक सेवा केन्द्र हाटबजार भैरहवालाई २।२ गरी जम्मा १२ वटा साईकल प्रदान गरेको छ ।
उक्त कार्यक्रममा क्लबका अध्यक्ष बिमल सेन्चुरी र कार्यक्रम संयोजक रामबहादुर कोईरी लगायत सामुदायिक सेवा केन्द्रका पदाधिकारी, क्लवका सदस्हरु र स्थानीय पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा साईकलका चाबी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रबिन्द्रबहादुर धानुकलाई हस्तान्तरण गर्दै अध्यक्ष बिमल सेन्चुरीले सामुदायिक सेवा केन्द्रहरु जनताको घर घरमा पुगी सेवा प्रदान गर्ने, नागरिकले सुरक्षाको प्रत्याभुती गर्ने वातावरण श्रृजना गर्ने, प्रहरी र क्लबले सहकार्य गरी काम गर्न थप टेवा पुग्ने छ भन्ने बिचार व्यक्त गर्नु भएको ।
कार्यक्रममा बोल्दै प्र.उ.रबिन्द्रबहादुर धानुकले क्लब प्रति आभार र धन्यबाद व्यक्त गर्दै आगामी दिनहरुमा समेत यसरी नै सहकार्य गर्दै जिल्लामा शान्ति सुरक्षाको वातावरण श्रृजना गर्न सदैब सहयोग हुने छ भन्ने बिचार गर्नुभएको थियो ।