देवदह क्रिकेट युनिट ए डिभिजनमा प्रबेश

भैरहवा, ९ माघ।भैरहवामा आईतवारदेखी सुरु भएको जिल्ला स्तरीय नेपाल टेलीकम सुपर लिगमा जवही क्रीकेट क्लवलाई पछि पार्दै देवदह क्रिकेट युनिट ए डिभीजनमा प्रबेस गरेको छ ।
भैरहवा स्थित शिद्धार्थरगंसालामा भएको प्रतियोगीतामा देवदहले जवहीलाई १९ रनले पराजीत गर्दै ए डिभीजनमा आएको हो । टस जितेर ब्याटीन गरेको देवदहले निर्धारित ३० ओभरको खेलमा ४ विकेट गुमाउदै १ सय ९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा ब्याटीनमा आएको जवही ३० ओभरमा ५ बिकेट गुमाउदै १ सय ७५ रनमा समेटीएको थियो । देवदहकालागी दिपक भण्डारीले ५६, सुमन पाण्डेले ४५, रोसन गौतमले २६ र प्रदिप पाण्डेले २४ रनको योगफल तयार पारेका थिए । बलीनमा जवहीका सरोज क्षत्रीले २ तथा सरोज पौडेल, सगंम क्षेत्री र अकींत श्रेष्ठले १/१ बिकेट लिए । सरोज पौडेल ९० र मधुर भण्डारीले १८ रन तयार पारे पनि जितकालागी जवहीलाई प्रयाप्त हुन सकेन । बलीनमा देवहका किर्तीमान ढकाल र कमल चापागाईले २/२ बिकेट लिए । प्रतियोगीतामा देवदहका दिपक भण्डारी म्यान अफद म्याच घोषीत भएका छन् ।
समोवार नमस्ते नेपाल क्रीकेट क्लव बेलहीया र साई ग्योलोवल क्रीकेट क्लव भैरहवा बिच प्रस्तीपर्धा हुने आयोज संस्था रुपन्देही क्रीकेट कलवका अध्यक्ष प्रसान्त बिक्रम मल्लले जानकारी दिए । नेपाल टेेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा भैरहेको सुपर लिग क्रिकेट प्रतोयोगितामा रुपन्देहीका आठ बटा ए डिविजन क्लब र १२ बटा बि डिभीजनका क्लबहरुले भाग लिएका छन् । आईतवारदेखी बि डीभीजनमा रहेका क्लवहरु बिच नक आउट खेल सुरु भएको हो । खेलेपछि १२ मध्ये उत्कृस्त ५ टिम कुआलिˆय भै प्रमुख लिग मा आउने छन । प्रमुख लिग मध्ये डिविजन ए का सात र बि डिविजन बाट आएका ५ टिम गरि १२ टिमले चार समुहमा बिभाजन गरि लिग खेल खेलाईनेछ । र अर्को बर्सको लागि प्रत्येक समुहका अन्तिममा परेका टिम रेलिगेसन म जानेछन । फागुन ४ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्त खेलाडीले १० हजार, उत्कृस्त बलर र उत्कृस्त ब्याट्सम्यानल दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् । यो सुपर लिग जिल्लामा बिगत २० बर्स देखि चलिरहेकोछ । जसलाई रुपन्देही क्रिकेट को आधार स्तम्भको रुपमा लिईन्छ । प्रतियोगितामा ए डिविजनका लुम्बिनी खुकुरी क्लब बेलहिया, प्रोफेस्नल मास्टर ११ भैरहवा, बुद्ध स्पोर्टिङ क्लब भैरहवा, शिव शक्ति क्लब भैरहवा, करहिया क्रिकेट क्लब मङलापुर, शंकर नगर र न्यु होराइजन क्रिकेट क्लब बुटवल रहेका छन । प्रतियोगिता को अनुमानित खर्च ६ लाख ६५ हजार अनुमान गरीएको आयोजकले जनाएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.