लोडसेडिङ बढाउने र विजुली चोरीमा सघाउने विद्युत प्राधिकरणकै कर्मचारी पक्राउ

काठमाडौ । माघ ९ । जनता लोडसेडिङले आक्रान्त भैरहेका बेला विजुली बेच्ने निकाय विद्युत प्राधिकरणकै कर्मचारी भने लोडसेडिङ बढाउने काममा लुकिचोरी काम गरिरहेको पाइएको छ ।
अहिले लोडसेडिङ कम गर्ने प्रयासमा उच्च नेतृत्व सक्रिय छ तर त्यहीका कर्मचारी भने
विद्युत चोरीमा संलग्न देखिएका छन । त्यसरी अवैध काम गर्ने नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई प्रहरीले आइतवार पक्राउ गरेको छ ।
उनीहरुले देशभरका विभिन्न उद्योग, कारखाना, होटल, लज र विशेष व्यक्तिका घरमा मिटरमा अंक घटाएर खपत बढाएको तथा लोडसेडिङ बढाउन प्रभाव पार्ने काम गरेको प्रहरीले जनाएको छ ।
काठमाडौंसहित विभिन्न जिल्लामा मिटर बिगार्ने, उल्टो घुमाएर कम पैसा उठेको देखाउने प्राधिकरणका ११ जना कर्मचारी समेत पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको महाशाखा प्रमुख सर्वेन्द्र खनालले बताए ।
पक्राउ पर्नेमा नेपाल विद्युत प्राधिकरण बालाजु शाखाका सुपरभाइजर सुमन श्रेष्ठ तथा ८ जना मिटर रिडर पनि छन । यस्तै प्राधिकरण शाखा भक्तपुरका पूर्वसुपरभाईजर भगवान पाण्डे, प्राधिकरणका पूर्वमेन्टिनेन्स टहलबहादुर कार्की पनि पक्राउ परेका छन । प्राधिकरणका कर्मचारीसँग मिलेर विद्युत चोरी गर्दै आएका पाँचजना उद्योग, व्यवसाय सञ्चालकलाई पनि पक्राउ गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.